हामी बेबिलोनका नदीका किनारमा बस्यौं, त्यहाँ सियोनलाई सम्झेर हामी रोयौं। आफ्ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्डायौं। हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।” हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र? हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्यै पनि वीणा बजाउन नसकूँला! मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्नो सर्वोत्तम आनन्द मानी याद गरिनँ भने म फेरि कहिल्यै गाउन नसकूँला!
भजनसंग्रह 137 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 137:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू