परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्त छ। उहाँले गर्नुभएको सबै महान् कार्यहरूबारे कसले भन्न सक्छ? कसले उहाँलाई सम्पूर्णरूपले प्रशंसा गर्न सक्छ? उहाँका आज्ञा मान्नेहरू र सधैँ ठीक काम गर्नेहरू खुसी रहनेछन्। हे परमप्रभु, आफ्ना प्रजाको सहायता गर्नुहुँदा मलाई याद राख्नुहोस्, तिनीहरूलाई बचाउनुहुँदा मलाई पनि सम्झनुहोस्। तपाईंको प्रजाको फलिफाप भएको मैले देख्न पाऊँ, तपाईंका जातिहरूको आनन्दमा र तपाईंको गौरवमय सम्पत्तिमा मैले भाग लिन पाऊँ
भजनसंग्रह 106 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू