भजनसंग्रह 106:1-5

भजनसंग्रह 106:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सधैँभरि रहन्‍छ। परमप्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्‍छ? उहाँको प्रशंसा सम्‍पूर्ण रूपले कसले घोषणा गर्न सक्‍छ? तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌। हे परमप्रभु, आफ्‍नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्‍झनुहोस्‌, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्‌, र तपाईंका चुनिएकाहरूको सुख-शान्‍ति देख्‍न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। याहवेहका शक्तिशाली कार्यहरू कसले घोषणा गर्न सक्छ र? अथवा उहाँको प्रशंसा कसले सम्पूर्ण रूपले घोषणा गर्न सक्छ र? तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सधैँ उचित काम गर्दछन्। हे याहवेह, तपाईंका प्रजामाथि कृपादृष्‍टि गर्नुहुँदा, मेरो स्मरण गर्नुहोस्; तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्; ताकि तपाईंका चुनिएकाहरूको समृद्धिमा म आनन्दित हुन सकूँ, तपाईंको राष्ट्रको हर्षमा म सहभागी बन्‍न सकूँ। र तपाईंको उत्तराधिकारीहरूसँग मिलेर तपाईंलाई प्रशंसा दिन सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:1-5 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ! कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्। मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्। हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ। मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्। हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्‍यवाद चढाओ किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍त छ। उहाँले गर्नुभएको सबै महान् कार्यहरूबारे कसले भन्‍न सक्‍छ? कसले उहाँलाई सम्‍पूर्णरूपले प्रशंसा गर्न सक्‍छ? उहाँका आज्ञा मान्‍नेहरू र सधैँ ठीक काम गर्नेहरू खुसी रहनेछन्। हे परमप्रभु, आफ्‍ना प्रजाको सहायता गर्नुहुँदा मलाई याद राख्‍नुहोस्, तिनीहरूलाई बचाउनुहुँदा मलाई पनि सम्‍झनुहोस्। तपाईंको प्रजाको फलिफाप भएको मैले देख्‍न पाऊँ, तपाईंका जातिहरूको आनन्‍दमा र तपाईंको गौरवमय सम्‍पत्तिमा मैले भाग लिन पाऊँ

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्