हितोपदेश 29:1-10

हितोपदेश 29:1-10 सरल नेपाली

जति सुध्रिने अर्ती पाउँछौ, उति अटेरी बन्‍यौ भने एक दिन तिम्रो विनाश हुनेछ तर त्‍यसबाट कहिल्‍यै बँच्‍नेछैनौ। शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्। बुद्धिलाई प्रेम गर्ने छोराले आफ्‍नो बुबालाई खुसी पार्दछ। वेश्‍याको साथ लाग्‍नेले धन उडाउँछ। राजाले न्‍यायको चासो लिन्‍छन् भने देश बलियो बन्‍दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्‍छन् भने देशको नाश गराउँछन्। आफ्‍ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्‍नै खुट्टामा पासो ल्‍याउँदछ। दुष्‍टहरू आफ्‍नै पापका जालमा फस्‍दछन्, इमानदार मानिसहरू खुसी र स्‍वतन्‍त्र रहन्‍छन्। धर्मी मानिसले गरीबको हक बुझ्‍दछ तर दुष्‍टहरूले त्‍यस्‍तो कुरा केही बुझ्‍दैनन्। अर्काको खिसी गर्नेले सारा सहरमा हुलदङ्गा मचाउँछ तर बुद्धिमान् मानिसले रिसलाई थमथम्‍याउँछ। बुद्धिमान् मानिसले मूर्खको विरुद्धमा मुद्दा चलायो भने मूर्ख हाँस्‍छ मात्र र अझै बढी अपमान हुन्‍छ। हत्‍याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्।

हितोपदेश 29 पढ्नुहोस्