हितोपदेश 29

29
1जति सुध्रिने अर्ती पाउँछौ, उति अटेरी बन्‍यौ भने एक दिन तिम्रो विनाश हुनेछ तर त्‍यसबाट कहिल्‍यै बँच्‍नेछैनौ।
2शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्।
3बुद्धिलाई प्रेम गर्ने छोराले आफ्‍नो बुबालाई खुसी पार्दछ। वेश्‍याको साथ लाग्‍नेले धन उडाउँछ।
4राजाले न्‍यायको चासो लिन्‍छन् भने देश बलियो बन्‍दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्‍छन् भने देशको नाश गराउँछन्।
5आफ्‍ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्‍नै खुट्टामा पासो ल्‍याउँदछ।
6दुष्‍टहरू आफ्‍नै पापका जालमा फस्‍दछन्, इमानदार मानिसहरू खुसी र स्‍वतन्‍त्र रहन्‍छन्।
7धर्मी मानिसले गरीबको हक बुझ्‍दछ तर दुष्‍टहरूले त्‍यस्‍तो कुरा केही बुझ्‍दैनन्।
8अर्काको खिसी गर्नेले सारा सहरमा हुलदङ्गा मचाउँछ तर बुद्धिमान् मानिसले रिसलाई थमथम्‍याउँछ।
9बुद्धिमान् मानिसले मूर्खको विरुद्धमा मुद्दा चलायो भने मूर्ख हाँस्‍छ मात्र र अझै बढी अपमान हुन्‍छ।
10हत्‍याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्।
11मूर्खले आफ्‍नो रिस प्रकट गर्दछ तर समझदार मानिसले धैर्यसाथ आफ्‍नो रिस रोक्‍दछ।
12कुनै शासकले झूटो कुरा सुन्‍छ भने तिनका सबै भारदारहरू झूटो बोल्‍ने हुनेछन्।
13गरीब र त्‍यसमाथि अत्‍याचार गर्ने दुवैमा यो कुरा एकैनासे हुन्‍छ– यी दुवैलाई परमप्रभुले आँखा दिनुभएको हो।
14गरीबका अधिकारको रक्षा गर्ने राजाले लामो समयसम्‍म राज्‍य गर्नेछन्।
15सुधारको हप्‍काइ र अनुशासनले केटा-केटीहरूलाई बुद्धि दिन्‍छ। छाडा छोडेको छोराले आफ्‍नी आमालाई लाजमा पार्छ।
16दुष्‍टहरूका हातमा अधिकार पर्दा अपराध बढ्दछ तर धर्मीहरूले एक दिन तिनीहरूको पतन देख्‍नेछन्।
17आफ्‍नो छोरालाई अनुशासनमा राख र त्‍यसले तिमीलाई शान्‍ति दिन्‍छ र तिम्रो मनमा आनन्‍द ल्‍याउँछ।
18परमेश्‍वरको अगुवाइबिनाको जाति व्‍यवस्‍थाबिनाको जाति हो तर परमेश्‍वरको व्‍यवस्‍था पालन गर्ने मानिस सुखी हुन्‍छ!
19कुराले मात्र नोकर सुधारिंदैन, त्‍यसले तिम्रो कुरा त बुझ्‍छ तर त्‍यसमा ध्‍यान दिँदैन।
20नसोची बोल्‍नेलाई भन्दा त निकम्‍मा मूर्खलाई धेरै आशा हुन्‍छ।
21नोकरलाई बालककालदेखि नै त्‍यसले मागेका हरेक थोक दिने गर्‍यौ भने कुनै दिन त्‍यसले तिम्रो सबै थोक लिनेछ।
22छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्‍याउँदछ र धेरै पाप गर्दछ।
23अहङ्कारले मानिसलाई पतन गराउँछ तर नम्र मानिसले इज्‍जत पाउँदछ।
24चोरको साझेदार हुने आफ्‍नै ठूलो शत्रु हुन्‍छ। त्‍यसले अदालतमा साँचो भन्‍यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्‍वरको सराप पाउँदछ।
25आफूमाथि अरूको कस्‍तो विचार छ, त्‍यसमा ध्‍यान दिइरहनु खतराजनक छ तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।
26सबैले शासकको निगाह पाउन चाहन्‍छन् तर परमप्रमुले मात्र न्‍याय दिलाउनुहुन्‍छ।
27धर्मीले दुष्‍टलाई घृणा गर्दछ।
अनि दुष्‍टले धर्मीलाई घृणा गर्दछ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्