हितोपदेश 28:1-12

हितोपदेश 28:1-12 सरल नेपाली

कसैले नखेद्‌दा पनि दुष्‍ट भाग्‍दछ तर इमानदार मानिस सिंहजस्‍तै आँटिलो हुन्‍छ। एउटा जातिले पाप गरे त्‍यसका शासक बदलिरहन्‍छ। तर त्‍यसका शासकहरू र समझदार भए जाति बलियो र दिगो भइरहन्‍छ। दरिद्रहरूलाई सताउने अधिकारी अन्‍नबाली विनाश गर्ने मुसुलधारे बृष्‍टिजस्‍तै हो। तिमीले व्‍यवस्‍था मान्‍दैनौ भने दुष्‍टहरूपट्टि लागेका छौ तर व्‍यवस्‍था मान्‍छौ भने तिनीहरूको विरोध गर्दछौ। दुष्‍टहरूले न्‍याय के कुरा हो, जान्‍दैनन्, तर परमप्रभुलाई दण्‍डवत् गर्नेहरूले न्‍याय बुझ्‍दछन्। धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो। व्‍यवस्‍था पालन गर्ने युवक बुद्धिमान् हुन्‍छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्‍ना बुबाको अपमान गर्दछ। जसले ब्‍याज लिएर मानिसबाट अनुचित लाभ उठाई धन बटुल्‍दछ, त्‍यसको धन गरीबमाथि दया गर्नेले पाउनेछ। व्‍यवस्‍था नमान्‍ने मानिसको प्रार्थना परमेश्‍वरको निम्‍ति घिनलाग्‍दो हुन्‍छ। जसले चलाकी गरेर सिधा-साधा मानिसलाई दुष्‍ट चालमा हिँड्‍न लगाउँदछ, त्‍यो आफूले खनेको खाडलमा आफैं पर्छ। तर निर्दोषले असल इनाम पाउनेछ। धनी मानिसहरूले आफैंलाई बुद्धिमान् ठान्‍छ तर अन्‍तर्दृष्‍टि भएको गरीब मानिसले त्‍यो बुझिहाल्‍छ। धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्‍छन् तर दुष्‍ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्‍छन्।

हितोपदेश 28 पढ्नुहोस्