लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन् किनभने परमप्रभुले मोशालाई भन्नुभएको थियो, “जब तिमीहरूले फौजी काम गर्न लायक मानिसहरूका नामको गन्ती लिन्छौ, त्यसमा लेवीका कुल नलिनू। त्यसको सट्टामा लेवीहरूलाई मेरो पवित्र पाल र त्यसका सर-सामानको जिम्मा दिनू। तिनीहरूले पवित्र पाल र सर-सामान बोक्नेछन् र त्यहाँ सेवाकार्य गर्नेछन् र आफ्ना पाल त्यसका चारैपट्टि टाँग्नेछन्। जब तिमीहरूले पवित्र पाल सार्छौ, लेवीहरूले मेरो पवित्र पाल उठाउनेछन् र नयाँ ठाउँमा फेरि पाल टाँग्नेछन्। अरू कोही पवित्र पालको छेउमा आयो भने त्यो मारिनेछ। बाँकी इस्राएलीहरूले दल-दल गरेर पाल लाउनेछन् र हरेक मानिस आफ्नो हुलसित आफ्नो झन्डामुनि रहनेछ। तर लेवीहरूले नै पवित्र पालको कामकाज गर्नेछन् र त्यसलाई नै घेरेर बस्नेछन्। त्यसो हुँदा परमेश्वरको क्रोध इस्राएली समाजमाथि खनिनेछैन।” अनि इस्राएलका मानिसहरूले सबै कुरा परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे।
गन्ती 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 1:47-54
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू