गन्ती 1:47-54

गन्ती 1:47-54 NNRV

लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्‌। किनभने परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “लेवीको कुलचाहिँ तैंले नगन्‍नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्‍या नलिनू। तर तैंले लेवीहरूलाई गवाहीको मण्‍डप र त्‍यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्‍डप त्‍यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्‌। तिनीहरूले त्‍यसको रेखदेख गरून्‌। तिनीहरूले आफ्‍नो पाल मण्‍डपकै वरिपरि लगाऊन्‌। मण्‍डप अगि लाँदा लेवीहरूले त्‍यो उखेलून्, र मण्‍डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्‍यो खड़ा गरून्‌। मण्‍डपको नजिक आउने अन्‍य मानिस मारिओस्‌। इस्राएलीहरूले आ-आफ्‍नो दलको समूहभित्र र आफ्‍नै झन्‍डाको छेउछाउमा आफ्‍नो शिविर लगाऊन्‌। तर लेवीहरूले चाहिँ गवाहीको मण्‍डपको वरिपरि आफ्‍नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्‌। लेवीहरूले नै गवाहीको मण्‍डपको सेवा-टहलको जिम्‍मा लिऊन्‌।” परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे।