यशैया 28:9-12
यशैया 28:9-12 सरल नेपाली
तिनीहरूले मेरो बारेमा सुस्केरा लाउँछन्। तिनीहरू भन्छन्, “त्यसले कसलाई के सिकाउँदै छु भनी ठान्छ हँ? कसलाई त्यसको सन्देश चाहिएको छ र? अँ, भर्खरै आमाको दूध छोडेका बालकहरूको लागि भने त्यो ठीकै होला! त्यसले हामीलाई अक्षर-अक्षर, हरफ-हरफ र पाठ-पाठ गरी सिकाउन खोज्छ।” तिमीहरूले मेरा कुरा सुनेनौ भने परमेश्वरले कोही अनौठो भाषा बोल्ने विदेशी ल्याएर तिमीहरूलाई पाठ सिकाउन लाउनुहुनेछ। उहाँले तिमीहरू सबैलाई विश्राम र सुख दिनुभयो। तर तिमीहरूले उहाँका कुरा मानेनौ।

