एज्रा 1:1-3

एज्रा 1:1-3 सरल नेपाली

कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्‍नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्‍नो राज्‍यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो: “फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्‍ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्‍दिर बनाउने कार्यभार दिनुभएको छ। तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्‍वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको, जसको त्‍यहाँ पूजा गरिन्‍छ, मन्‍दिर बनाउनू।

एज्रा 1 पढ्नुहोस्