एज्रा 1:1-3
एज्रा 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे: “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ। तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून्। सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस्।

एज्रा 1:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह, स्वर्गका परमेश्वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ। तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ।
एज्रा 1:1-3 पवित्र बाइबल (NERV)
फारस देशमा कोरेस राजाले साशन गरेको प्रथम बर्षमा अगमवक्ता यर्मियाहद्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः “फारसका राजा कोरेस यो भन्नुहुन्छः परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ। उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहुन्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेममा रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्।
एज्रा 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्नो राज्यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो: “फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्दिर बनाउने कार्यभार दिनुभएको छ। तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्वरको, जसको त्यहाँ पूजा गरिन्छ, मन्दिर बनाउनू।