एज्रा 1

1
कोरेसले यहूदीहरूलाई घर फर्कने आज्ञा गर्छन्
1 # यर्मिया 25:11; 29:10 कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्‍नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्‍नो राज्‍यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो:
2 # यशैया 44:28 “फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्‍ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्‍दिर बनाउने कार्यभार दिनुभएको छ। 3तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्‍वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको, जसको त्‍यहाँ पूजा गरिन्‍छ, मन्‍दिर बनाउनू। 4कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्‍छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्‍वरको मन्‍दिरमा चढाउने भेटीहरू देऊन्।”
5तब यहूदा र बेन्‍यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्‍वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्‍दिर फेरि बनाउन तयार भए। 6तिनीहरूका सबै छिमेकीहरूले धेरै थोक; चाँदीका भाँडा-कुँडा, सुन, चीजबीजहरू, घरेलु पशुहरू, अरू बहुमूल्‍य कुराहरू र मन्‍दिरमा चढाउने भेटीहरू दिएर तिनीहरूलाई मद्दत गरे।
7नबूकदनेसर राजाले यरूशलेमका मन्‍दिरबाट लगी आफ्‍ना देवताका मन्‍दिरमा राखेका भाँडा-कुँडाहरू कोरेस राजाले तिनीहरूलाई फर्काइदिए। 8उनले राजकीय कोषका प्रमुख अधिकारी मित्रेतालाई ती भाँडा-कुँडाको जिम्‍मा दिए र उनले यहूदाका बडाहाकिम शेशबस्‍सरको निम्‍ति ती कुराको एउटा सूची बनाए। 9-10त्‍यो सूची यस प्रकारको थियो:
भेटी चढाउने सुनका बाटा ३०
भेटी चढाउने चाँदीका बाटा १,०००
अरू बाटा २९
सुनका स-साना बटुका ३०
चाँदीका स-साना बटुका ४१०
अरू भाँडा-कुँडाहरू १,०००।
11जम्‍मा ५,४०० सुन र चाँदीका भाँडा-कुँडाहरू थिए। अरू कैदीहरूले कैदमा रहेकाहरूसित बेबिलोनबाट यरूशलेम फर्किजाँदा शेशबस्‍सरले ती सबै थोक लिएर गए।

अहिले सेलेक्ट गरिएको:

एज्रा 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्