प्रस्थान 11:1-5
प्रस्थान 11:1-5 सरल नेपाली
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म मिश्रको राजा र प्रजामाथि अझै एउटा विपत्ति पठाउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ। खासमा त्यसले नै तिमीहरू सबैलाई यहाँबाट धपाउनेछ। अब इस्राएलीहरूलाई भन् कि तिनीहरू सबैले आ-आफ्ना छिमेकीहरूसित सुन र चाँदीका गरगहना मागून्।” परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्ने मन दिनुभयो। वास्तवमा सबै भारदार र मानिसहरूले मोशालाई एक अति महान् व्यक्ति मान्थे। तब मोशाले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ कि ‘म मध्यरातमा मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्तुका सबैभन्दा पहिले ब्याएका बाछाहरू पनि मर्नेछन्।

