प्रस्‍थान 11:1-5

प्रस्‍थान 11:1-5 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्‍याउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्‍यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्‍त्रीले आ-आफ्‍ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।” (अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्‍यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्‍टिमा महान्‌ ठानिए।) यसैले मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मध्‍यराततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌।