प्रस्‍थान 11:1-5

प्रस्‍थान 11:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्‍याउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्‍यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्‍त्रीले आ-आफ्‍ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।” (अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्‍यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्‍टिमा महान्‌ ठानिए।) यसैले मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मध्‍यराततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ। मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।” (याहवेहले इजिप्टियनहरूलाई यी मानिसहरूप्रति दयालु बनाउनुभयो; मोशा आफूले पनि फारो र तिनका अधिकारीहरू र मानिसहरूद्वारा अति मान-सम्मान पाएका थिए।) यसकारण मोशाले भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु। इजिप्टमा भएका प्रत्येक जेठो छोरा मर्नेछ। सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर, जाँतो पिँध्ने दासीको जेठा छोरासम्म, र पशुहरूको पनि पहिले जन्मिएका प्रत्येक सबै मर्नेछन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:1-5 पवित्र बाइबल (NERV)

तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ। तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।’” परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान-मानिस भनी मान्दछन्। मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्

प्रस्‍थान 11:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म मिश्रको राजा र प्रजामाथि अझै एउटा विपत्ति पठाउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई जान दिनेछ। खासमा त्‍यसले नै तिमीहरू सबैलाई यहाँबाट धपाउनेछ। अब इस्राएलीहरूलाई भन् कि तिनीहरू सबैले आ-आफ्‍ना छिमेकीहरूसित सुन र चाँदीका गरगहना मागून्।” परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्ने मन दिनुभयो। वास्‍तवमा सबै भारदार र मानिसहरूले मोशालाई एक अति महान् व्‍यक्ति मान्‍थे। तब मोशाले राजालाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ कि ‘म मध्‍यरातमा मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्‍ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्‍तुका सबैभन्दा पहिले ब्‍याएका बाछाहरू पनि मर्नेछन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 11 पढ्नुहोस्