अहासूरसका छोरा मादी-वंशका दाराले बेबिलोनमा राज्य गर्थे। उनी राजा भएको पहिलो वर्षमा म पवित्र पुस्तकहरू पढ्दै थिएँ र परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको यरूशलेम सत्तरी वर्षसम्म ध्वस्त हुने समयबारे सोच्दै थिएँ। अनि मैले प्रभु परमेश्वरलाई उपवाससाथ भाङ्ग्राको लुगा लगाई खरानीमा बसी प्रार्थना र अन्तरबिन्ती गरें। मेरा मानिसहरूको पापको निम्ति पश्चात्ताप गर्दै परमप्रभु मेरा परमेश्वरलाई मैले प्रार्थना गरें। मैले बिन्ती गरें, “परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्नो करार पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्नेहरूलाई अटुट प्रेम गर्नुहुन्छ। “हामीले पाप गरेका छौं, हामी दुष्ट भएका छौं र कुकर्म गरेका छौं। तपाईंले हामीलाई दिनुभएको आज्ञा हामीले भङ्ग गरेका छौं र जुन असल काम गर्न तपाईंले हामीलाई देखाउनुभएको थियो, ती गर्न छोडेका छौं। हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं। तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्याएका छौं। तपाईंप्रति अविश्वासयोग्य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्ट पार्नुभएको छ। हाम्रा राजाहरू, शासकहरू र पिता-पुर्खाहरूले तपाईं परमप्रभुको विरुद्धमा पाप गरेकाले हामी लाजमा परेका छौं। हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्छ। हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं।
दानिएल 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 9:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू