अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्यका शासक तुल्याइएका थिए— उनका राज्यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्था सत्तरी वर्षसम्म रहनेछ। यसकारण म उपवाससाथ भाङ्ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै परमप्रभु परमेश्वरतिर फर्कें। मैले पाप स्वीकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्छ, हामीले पाप गरेका छौं र गल्ती गरेका छौं। हामी दुष्ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर तपाईंप्रति भएको विश्वासघातको कारणले सबै देशहरूमा छरपष्ट पारिएका नजिक र टाढ़ा बस्ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्वर कृपालु र क्षमाशील हुनुहुन्छ। हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं।
दानिएल 9 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 9:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू