कलस्सी 1:13-27

कलस्सी 1:13-27 सरल नेपाली

उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ। उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ। नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो। एक समय तिमीहरू परमेश्‍वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्‍वरका शत्रु थियौ। तर अब पुत्रको आफ्‍नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्‍वरले फेरि आफ्‍नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्‍नो सामुन्‍ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। साँच्‍चै तिमीहरू दिगो र बलियो भएर विश्‍वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्‍टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु। यस बेला म तिमीहरूका लागि दु:ख भोग्‍न खुसी छु किनभने ख्रीष्‍टको शरीर मण्‍डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्‍ट मेरो शरीरमा भोगेर पूरा गर्छु। परमेश्‍वरले नै मलाई मण्‍डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्‍मा दिनुभयो। यो शिक्षा युग-युग र पुस्‍तौंदेखि कसैले बुझ्‍न नसकेको रहस्‍यको कुरो थियो। अब उहाँले ख्रीष्‍टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ।

कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:13-27 को लागि पद छवि

कलस्सी 1:13-27 - उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ। उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ।

नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।
एक समय तिमीहरू परमेश्‍वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्‍वरका शत्रु थियौ। तर अब पुत्रको आफ्‍नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्‍वरले फेरि आफ्‍नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्‍नो सामुन्‍ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। साँच्‍चै तिमीहरू दिगो र बलियो भएर विश्‍वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्‍टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु।

यस बेला म तिमीहरूका लागि दु:ख भोग्‍न खुसी छु किनभने ख्रीष्‍टको शरीर मण्‍डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्‍ट मेरो शरीरमा भोगेर पूरा गर्छु। परमेश्‍वरले नै मलाई मण्‍डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्‍मा दिनुभयो। यो शिक्षा युग-युग र पुस्‍तौंदेखि कसैले बुझ्‍न नसकेको रहस्‍यको कुरो थियो। अब उहाँले ख्रीष्‍टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ।

कलस्सी 1:13-27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति