तर अब तपाईंले हामीलाई त्यागेर हामीलाई दीन तुल्याउनुभएको छ, र तपाईं हाम्रा सेनाहरूलाई साथ दिनुहुन्न। तपाईंले हामीलाई शत्रुहरूबाट पछि हट्ने तुल्याउनुभएको छ, र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्। तपाईंले अरूको आहार हुन भेड़ाहरूजस्तै हामीलाई त्यागिदिनुभएको छ, र जाति-जातिहरूका बीचमा हामीलाई तितरबितर पार्नुभएको छ। तपाईंले आफ्नो प्रजालाई नाम मात्रको मूल्यमा बेच्नुभएको छ, र तिनीहरूको बिक्रीबाट तपाईंलाई कुनै लाभ भएको छैन। हाम्रा छिमेकीहरूका सामुन्ने तपाईंले हामीलाई निन्दाको पात्र बनाउनुभयो, हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र उपहासको पात्र बनाउनुभएको छ। जातिहरूका बीचमा तपाईंले हामीलाई हाँसोको नमूना हुन दिनुभएको छ, मानिसहरूले हामीलाई देखेर मुन्टो हल्लाउँछन्। मेरो अपमान दिनभरि मेरो सामुन्ने रहन्छ, र मेरो मोहड़ा शर्मले ढाकिएको छ। गिल्ला गर्ने र खिसी गर्नेहरूका वचनहरूले र प्रतिशोध गर्ने शत्रुहरूका कारणले मलाई यस्तो भएको छ। हामीले तपाईंलाई नबिर्से पनि, र तपाईंको करारप्रति झूटा नभए तापनि यी सबै हामीमाथि परिआएका छन्। हाम्रा हृदय तपाईंबाट विमुख भएका छैनन्, तपाईंको मार्गबाट हाम्रा पाइलाहरू चुकेका छैनन्। तर तपाईंले हामीलाई चूर पारेर स्याल बस्ने पाखातुल्य बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो। यदि हामीले हाम्रा परमेश्वरको नाउँ बिर्सेका भएदेखि वा अन्य देवदेवतातिर हाम्रा हात पसारेका भएदेखि, के परमेश्वरले यो थाहा पाउनुहुनेथिएन र? किनकि उहाँले हृदयका गुप्त कुरा जान्नुहुन्छ। तापनि तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं। उठ्नुहोस् परमप्रभु, तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्, हामीलाई सदाको निम्ति नत्याग्नुहोस्। तपाईं किन आफ्नो मुहार लुकाउनुहुन्छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ? हामी त धूलोमै मिलिसकेका छौं, हाम्रा शरीर माटोमै टाँसिसकेका छन्। उठ्नुहोस्, हामीलाई गुहार गर्नुहोस्, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्।
भजनसंग्रह 44 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 44
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 44:9-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू