भजनसंग्रह 19:5-7

भजनसंग्रह 19:5-7 NNRV

ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ। आकाशको एक छेउमा उसको उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन। परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।