YouVersion Logo
Search Icon

भजनसंग्रह 19

19
प्रकृतिमा परमेश्‍वरको महिमा र उहाँको व्‍यवस्‍था
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ।
र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।
2हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌,
र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌।
3कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
4तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ,#रोम १०:१८ तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।
5ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ।
6आकाशको एक छेउमा उसको उदय हुन्‍छ,
र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।
7परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।
8परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।
9परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।
10सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया।
11तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ।
12आफ्‍ना भूलहरू कसले थाहा पाउन सक्‍छ? मेरा गुप्‍त दोषहरू क्षमा गर्नुहोस्‌।
13आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु,
र घोर अपराधहरूबाट म निर्दोष हुनेछु।
14हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 19: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy