भजनसंग्रह 107:1-9

भजनसंग्रह 107:1-9 NNRV

परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो, तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌। भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।