“परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ, उहाँको प्रेम अमर छ!” तिमीहरूले, ज-जसलाई उहाँले बचाउनुभएको छ, यी कुराहरू परमप्रभुको प्रशंसामा दोहोर्याएर भन। उहाँले तिमीहरूलाई आफ्ना शत्रुहरूदेखि बचाउनुभएको छ, उहाँले तिमीहरूलाई पूर्व-पश्चिमबाट, उत्तर-दक्षिण र विदेशी मुलुकहरूबाट, फर्काई ल्याउनुभएको छ। बाटो पहिल्याउन नसकिने मरुभूमिमा कति जना डुलिहिँडे र कुनै सहरमा गई बास गर्न बाटो पाएनन्। तिनीहरू भोका र तिर्खाएका थिए, तिनीहरूले सबै आशा मारेका थिए। तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-पीडादेखि बचाउनुभयो। उहाँले तिनीहरूलाई एउटा सोझो बाटोमा डोर्याएर सहरमा बास गर्न पुर्याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। उहाँले तिर्खाएकाहरूको तृष्णा मेट्नुहुन्छ र भोकाएकाहरूलाई असल कुराले तृप्त गराउनुहुन्छ।
भजनसंग्रह 107 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 107:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू