जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ, त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहनेछैनँ। मेरो कृपादृष्टि देशका विश्वासयोग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्। त्यो जो निर्दोष मार्गमा हिँड्दछ, त्यसले मेरो सेवा गर्नेछ। छलकपट गर्ने मानिस मेरो घरमा बस्न पाउनेछैन, झूट बोल्ने मानिस मेरो नजरको सामुन्ने रहन पाउनेछैन। देशका सबै दुष्ट जनहरूलाई हरेक बिहान म नष्ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्ट काम गर्नेहरू सबैलाई म नष्ट पार्नेछु।
भजनसंग्रह 101 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 101
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 101:5-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू