भजनसंग्रह 101:5-8

भजनसंग्रह 101:5-8 NERV

यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेर सोंच्नेहरूलाई म अनुमति दिनेछैन। म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जीवन जिउँछ। म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन। यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सधैँ नाश गर्नेछु। परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई बाध्य पार्नेछु।

भजनसंग्रह 101 पढ्नुहोस्