YouVersion Logo
Search Icon

भजनसंग्रह 101

101
राजाको सङ्कल्‍प
दाऊदको भजन
1म तपाईंको प्रेम र न्‍यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंको प्रशंसा गाउनेछु।
2म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्‍नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु।
3मेरो आँखाको सामुन्‍ने कुनै नीच कुरा म राख्‍नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्‌।
4कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ।
5जसले आफ्‍नो छिमेकीको निन्‍दा गुप्‍तमा गर्दछ, त्‍यसलाई म नाश गर्नेछु, अभिमानी दृष्‍टि भएको र घमण्‍डी हृदय भएकालाई म सहनेछैनँ।
6मेरो कृपादृष्‍टि देशका विश्‍वासयोग्‍य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्‌। त्‍यो जो निर्दोष मार्गमा हिँड्‌दछ,
त्‍यसले मेरो सेवा गर्नेछ।
7छलकपट गर्ने मानिस मेरो घरमा बस्‍न पाउनेछैन, झूट बोल्‍ने मानिस मेरो नजरको सामुन्‍ने रहन पाउनेछैन।
8देशका सबै दुष्‍ट जनहरूलाई हरेक बिहान म नष्‍ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्‍ट काम गर्नेहरू सबैलाई
म नष्‍ट पार्नेछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 101: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy