भजनसंग्रह 101:1-8

भजनसंग्रह 101:1-8 NNRV

म तपाईंको प्रेम र न्‍यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंको प्रशंसा गाउनेछु। म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्‍नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मेरो आँखाको सामुन्‍ने कुनै नीच कुरा म राख्‍नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्‌। कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ। जसले आफ्‍नो छिमेकीको निन्‍दा गुप्‍तमा गर्दछ, त्‍यसलाई म नाश गर्नेछु, अभिमानी दृष्‍टि भएको र घमण्‍डी हृदय भएकालाई म सहनेछैनँ। मेरो कृपादृष्‍टि देशका विश्‍वासयोग्‍य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्‌। त्‍यो जो निर्दोष मार्गमा हिँड्‌दछ, त्‍यसले मेरो सेवा गर्नेछ। छलकपट गर्ने मानिस मेरो घरमा बस्‍न पाउनेछैन, झूट बोल्‍ने मानिस मेरो नजरको सामुन्‍ने रहन पाउनेछैन। देशका सबै दुष्‍ट जनहरूलाई हरेक बिहान म नष्‍ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्‍ट काम गर्नेहरू सबैलाई म नष्‍ट पार्नेछु।