मर्कूस 5:14-20

मर्कूस 5:14-20 NNRV

ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्‍यहाँ आए। तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्‍यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस्‌ भनी मानिसहरूले येशूलाई बिन्‍ती गर्न लागे। उहाँ डुङ्गामा पस्‍न लाग्‍नुहुँदा त्‍यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्‍ती गर्‍यो। तर उहाँले त्‍यसलाई अनुमति दिनुभएन, तर त्‍यसलाई भन्‍नुभयो, “तिमी आफ्‍नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्‍ति गर्नुभएको महान्‌ काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।” अनि त्‍यो मानिस हिँड़िहाल्‍यो, र येशूले त्‍यसको निम्‍ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्‍यो, र सबै मानिसहरूले अचम्‍म माने।