लूका 10:1-2

लूका 10:1-2 NNRV

यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्‍दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।