लूका 10:1-2
लूका 10:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।
लूका 10:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
लूका 10:1-2 पवित्र बाइबल (NERV)
त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
लूका 10:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि प्रभु येशूले अरू बहत्तर जना मानिसहरूलाई छान्नुभयो। तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्नुभएका गाउँ र सहरतिर आफूभन्दा अगाडि पठाउँदै भन्नुभयो, “उठाउनुपर्ने फसल त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। फसलका मालिकसँग फसल उठाउने खेतालाहरू पठाइदिनुहोस् भनी बिन्ती गर।