एक दिन अय्यूबका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए। एउटा समाचारवाहक कुदेर अय्यूबकहाँ आएर भन्यो, “गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।” त्यो बोल्दाबोल्दै अर्को समाचारवाहक आइपुग्यो। त्यसले भन्यो, “परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।” त्यो बोल्दाबोल्दै अर्को एक जना आएर भन्यो, “कल्दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्कें।” त्यो मानिस बोल्दाबोल्दै एक जना आइपुग्यो र भन्यो, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दैथिए। त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र उम्कें।” यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे, र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्।” यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्।
अय्यूब 1 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 1:13-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू