तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।” तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए। योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्म बाँचे। योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए। तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।
उत्पत्ति 50 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 50:18-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू