प्रेरित 26:16-18

प्रेरित 26:16-18 NNRV

तर उठ र आफ्‍ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्‍ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्‍यले म तिमीकहाँ देखा परेको छु। म तिमीलाई तिम्रा आफ्‍नै जाति र अन्‍यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु, कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्‍धकारबाट ज्‍योतितर्फ, र शैतानको शक्तिबाट परमेश्‍वरतर्फ फर्कून्‌। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन्‌ र ममाथिको विश्‍वासद्वारा पवित्र भएकाहरूको स्‍थान तिनीहरूले पनि पाउनेछन्‌।’

प्रेरित 26:16-18 को लागि भिडियो