प्रेरित 26:16-18
प्रेरित 26:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु। म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु, कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’
प्रेरित 26:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ। म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु, ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
प्रेरित 26:16-18 पवित्र बाइबल (NERV)
उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ। म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु। तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’”
प्रेरित 26:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ। म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु। तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिदेखि परमेश्वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्वरका चुनिएका जनहरूको संगतिमा बस्न पाउनेछन्’।