१ कोरिन्थी 1:25-31

१ कोरिन्थी 1:25-31 NNRV

किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ। किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्‍ता थियौ? सो विचार गर। सांसारिक स्‍तरअनुसार तिमीहरूमध्‍ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ। तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो। परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्, यसैले कुनै प्राणीले परमेश्‍वरको सामुन्‍ने अहङ्कार नगरोस्‌। परमेश्‍वर नै ख्रीष्‍ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्‍छ, ख्रीष्‍टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। यसैले लेखिएको छ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्‌।”