1 कोरिन्थी 1:25-31

1 कोरिन्थी 1:25-31 NCV

किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ। दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारको दृष्‍टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्‍नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका दृष्‍टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्‍नुभयो। परमेश्‍वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्‍नुभयो; ताकि संसारको दृष्‍टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्। उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो। यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”

1 कोरिन्थी 1 पढ्नुहोस्