१ कोरिन्थी 1:25-31
१ कोरिन्थी 1:25-31 सरल नेपाली
किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ। भाइहरू, परमेश्वरले बोलाउनुभएको बेला तिमीहरू कस्ता थियौ? विचार गर। संसारको स्तरअनुसार तिमीहरू धेरै जना ज्ञानी थिएनौ। धेरै जना शक्तिशाली थिएनौ। ठूला-ठूला घरानामा जन्मिएका थिएनौ। तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो। म नै हुँ भन्नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्छ ठानेकाहरूलाई र काम नलाग्नेहरूलाई परमेश्वरले रोज्नुभयो। यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो। उहाँले तिमीहरूलाई येशू ख्रीष्टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्टद्वारा परमेश्वरको अघि ठीक ठहरिन्छौं। हामी परमेश्वरका पवित्र र छुटकारा पाएका जन बन्दछौं। यसैकारण धर्मशास्त्र भन्छ, “यदि कसैले घमण्ड गर्न चाहन्छ भने प्रभुले गर्नुभएको काममा नै घमण्ड गरोस्।”


