1
लेवी 26:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 26:12
2
लेवी 26:4
म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्।
अन्वेषण गर्नुहोस् लेवी 26:4
3
लेवी 26:3
“तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने
अन्वेषण गर्नुहोस् लेवी 26:3
4
लेवी 26:6
“म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन।
अन्वेषण गर्नुहोस् लेवी 26:6
5
लेवी 26:9
म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु।
अन्वेषण गर्नुहोस् लेवी 26:9
6
लेवी 26:13
म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएँ।”
अन्वेषण गर्नुहोस् लेवी 26:13
7
लेवी 26:11
म तिमीहरूका माझमा आफ्नो पवित्र पालमा बास गर्नेछु र कहिल्यै तिमीहरूलाई त्याग्नेछैनँ।
अन्वेषण गर्नुहोस् लेवी 26:11
8
लेवी 26:1
परमप्रभुले भन्नुभयो, “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
अन्वेषण गर्नुहोस् लेवी 26:1
9
लेवी 26:10
तिमीहरूका अन्नबाली यति प्रशस्त हुनेछ कि त्यो वर्षभरि तिमीहरूलाई पर्याप्त हुनेछ। अनि नयाँ फसल राख्नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्न फ्याँकिदिनुपर्नेछ।
अन्वेषण गर्नुहोस् लेवी 26:10
10
लेवी 26:8
तिमीहरू पाँच जनाले सय जनालाई जित्न सक्नेछौ अनि सय जनाले दश हजारलाई जित्न सक्नेछौ।
अन्वेषण गर्नुहोस् लेवी 26:8
11
लेवी 26:5
तिम्रा खेतको उब्जनी यति प्रशस्त हुनेछ कि अङ्गुर टिप्ने बेला भइसक्दा पनि तिमीहरू आफ्ना अन्नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्न लाउने समय आइसक्दा अङ्गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्त हुनेछ र आफ्ना देशमा सुरक्षासित बास गर्नेछौ।
अन्वेषण गर्नुहोस् लेवी 26:5
12
लेवी 26:7
तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ।
अन्वेषण गर्नुहोस् लेवी 26:7
13
लेवी 26:2
धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ।
अन्वेषण गर्नुहोस् लेवी 26:2
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू