聖書アプリのロゴ
検索アイコン

होशेको पुस्तक 6

6
परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार
1“आऊ, हामी परमप्रभुतिर फर्कौ
किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ,
र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ,
र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ।
2दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ
अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ।
हामी उहाँकै अघि जिउँदो हुनेछौं।
3आऊ, हामी परमप्रभुलाई चिनौं,
हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने,
आखिरी बर्षा झैं आउनु हुनेछ।”
मानिसहरू विश्वास योग्य छैनन्
4“ए एप्रैम, म तिमीलाई के गरूँ?
ए यहूदा म तिमीलाई के गरूँ?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै,
र बिलिने शीत जस्तै छ।
5यसैकारण मैले तिनीहरूमाथि
अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
6किनभने म अमर प्रेम चाहन्छु
बलिदान होइनँ।
अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा,
परमेश्वरलाई बेशी जानेको म चाहन्छु।
7तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे।
त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
8गिलाद अधर्मीहरूको शहर हो।
त्यो रगतले भरिएको छ।
9जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन्,
त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्।
तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्।
निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
10इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु,
एप्रैमको वेश्यावृत्ति त्यहाँ छ।
इस्राएल अशुद्ध भएको छ।
11ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ।
त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”

ハイライト

コピー

比較

シェア

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。