聖書アプリのロゴ
検索アイコン

आमोसको पुस्तक 1

1
परिचय
1आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।
अरामको निम्ति दण्ड़
2आमोसले भने,
“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ।
परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ।
यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ।
यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”
3तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। 4यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भष्म पार्नेछ।
5“म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।
पलिश्तीहरूले सजाय पाउनेछन्
6परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए। 7यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ। 8म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।
फनूशियालाई सजाय
9परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजू-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 10त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंश पार्नेछ।”
एदोमको निम्ति सजाए
11परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरूलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किनकि एदोमले आफ्नो दाजू-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइनै रह्यो अनि केहि पनि सहानुभुति देखाएन। ऊ जङ्गली जनावरहरू सरह लगातार इस्राएललाई च्यातिरह्यो। 12यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरू पनि ध्वंश पार्नेछ।”
अम्मोनियाको निम्ति सजाए
13परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे। 14यसकारण, अब म रब्बाको पर्खालमा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ। 15त्यस समय तिमीहरू को राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

ハイライト

コピー

比較

シェア

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。