Logo YouVersion
Icona Cerca

उत्‍पत्ति 5

5
आदमदेखि नोआसम्मको वंशावली
1आदमको लिखित वंश-विवरण यही हो।
परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले उनलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभयो। #उत १:२७-२८ #१ इति १:१-४ 2उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो। तिनीहरूको सृष्‍टि भएको दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र “मानिस” नाउँ दिनुभयो। #मत्ती १९:४; मर्क १०:६
3आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्‍नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। 4शेतको जन्‍म भएपछि आदम आठ सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। 5आदमको जम्‍मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।
शेतको वंश
6शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो। 7एनोश जन्‍मेपछि शेत आठ सय सात वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 8शेतको जम्‍मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे।
9एनोशको उमेर नब्‍बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। 10केनान जन्‍मेपछि एनोश आठ सय पन्‍ध्र वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 11एनोशको जम्‍मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।
12केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। 13महलालेल जन्‍मेपछि केनान आठ सय चालीस वर्षसम्‍म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्‍मे। 14केनानको जम्‍मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।
15महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो। 16येरेद जन्‍मेपछि महलालेल आठ सय तीस वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 17महलालेलको जम्‍मा उमेर आठ सय पञ्‍चानब्‍बे वर्ष भएको थियो। अनि उनी मरे।
18येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। 19हनोक जन्‍मेपछि येरेद आठ सय वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 20येरेदको जम्‍मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।
21हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो। 22मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे। 23हनोकको जम्‍मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो। 24हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो। #हिब ११:५; यहू १४
25मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। 26लेमेक जन्‍मेपछि मतूशेलह सात सय बयासी वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 27मतूशेलहको जम्‍मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।
28लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। 29उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्‍ति दिनेछ।” 30नोआ जन्‍मेपछि लेमेक पाँच सय पञ्‍चानब्‍बे वर्षसम्‍म बाँचे। उनका अरू छोराछोरीहरू जन्‍मे। 31लेमेकको जम्‍मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।
32नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।

Attualmente Selezionati:

उत्‍पत्ति 5: NNRV

Evidenzia

Copia

Confronta

Condividi

None

Vuoi avere le tue evidenziazioni salvate su tutti i tuoi dispositivi?Iscriviti o accedi

Video per उत्‍पत्ति 5