Logo YouVersion
Icona Cerca

उत्‍पत्ति 4

4
कयिन र हाबिल
1आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।” 2फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌।
हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। 3केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। 4तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, #हिब ११:४ 5तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो।
6तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ? 7यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”
8कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। #मत्ती २३:३५; लूक ११:५१; १ यूह ३:१२
9तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”
तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”
10परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। #हिब १२:२४ 11तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो। 12तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।”
13कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो। 14हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”
15तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो। 16तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद#4:16 “नोद” को अर्थ “घुम्‍ने” हो। भन्‍ने देशमा बस्‍न लागे।
17आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे। 18हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो।
19लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो। 20आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए। 21उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। 22सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।
23लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने,
“ए आदा र सिल्‍ला, मेरा कुरा सुन,
ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन,
किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु,
मलाई घाइते बनाउने जवान मानिसलाई।
24यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, #मत्ती १८:२२
लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
25फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।” 26शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो।
त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

Attualmente Selezionati:

उत्‍पत्ति 4: NNRV

Evidenzia

Copia

Confronta

Condividi

None

Vuoi avere le tue evidenziazioni salvate su tutti i tuoi dispositivi?Iscriviti o accedi

Video per उत्‍पत्ति 4