Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 5

5
1 # व्यवस्था 22:30 तिमीहरूका माझमा भयङ्कर व्‍यभिचार भएको सुन्‍दै छु। यस्‍तो त अरू जातिका मानिसमा पनि हुँदैन। कसैले आफ्‍नी सौतेनी आमालाई नै राख्‍यो रे। 2अब कसरी घमण्‍ड गर्छौ? उल्‍टा शोक गर र त्‍यो काम गर्ने मान्‍छेलाई तिमीहरूले माझबाट निकालिदेओ। 3-4म शरीरमा टाढा भए पनि आत्‍मामा तिमीहरूसँगै छु र म त्‍यहाँ भएझैँ मैले यस्‍तो घिनलाग्‍दो पाप गर्ने मानिसलाई प्रभु येशूको नाउँमा न्‍याय गरिसकेको छु। तिमीहरू भेला हुँदा म पनि प्रभु येशूको शक्तिसाथ आत्‍मामा तिमीहरूसँगै हुन्‍छु। 5उसको शारीरिक स्‍वभाव नाश होस् भनेर तिमीहरूले यस मानिसलाई शैतानको हातमा सुम्‍पिनुपर्छ र प्रभुले न्‍याय गर्ने दिनमा उनको आत्‍माचाहिँ बाँच्‍न सकोस्।
6 # गलाती 5:9 तिमीहरूले गरेको घमण्‍ड ठीक छैन। मुछेको पिठोमा अलिकति मात्रै खमिर मिसाउँदा पूरै पिठो नै फुल्‍दछ। के यो तिमीहरूलाई थाहा छैन? 7#प्रस्‍थान 12:5यो पुरानो पापको खमिर तिमीहरूले फ्‍याँक्‍नैपर्दछ।
अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्‍तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्‍ट नै पाठोझैँ बलि भइसक्‍नुभएको छ। 8#प्रस्‍थान 13:7; व्यवस्था 16:3त्‍यसो हुँदा खराबी र दुष्‍टताको पुरानो खमिरले बनेको रोटी खाएर मुक्ति-दिवसको भोज हामी नमनाऔं, तर सोडै नमिसाएको शुद्धता र सत्‍यताको रोटीले भोज मनाऔं।
9मैले लेखेको पत्रमा तिमीहरूलाई व्‍यभिचारीहरूसँग नमिल्‍नू भनेको थिएँ। 10अरू संसारका व्‍यभिचार गर्ने, लोभ गर्ने, चोर्ने र मूर्ति पुज्‍नेहरूको बारेमा भनेको होइन। उनीहरूबाट अलग रहनु हो भने त तिमीहरू संसारबाटै बाहिर निक्‍लनुपर्छ। 11तर मैलेचाहिँ ख्रीष्‍टिय भाइ हुँ भन्‍दै व्‍यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्‍ने, निन्‍दा गर्ने, मात्‍ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्‍ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू। 12#व्यवस्था 13:5; 17:7बाहिर संसारमा भएका मानिसहरूलाई न्‍याय गर्ने मेरो काम होइन। तर तिमीहरूले भित्र मण्‍डलीमा भएकाहरूको न्‍याय गर्नैपर्छ, होइन र? 13परमेश्‍वरले नै बाहिरकाहरूलाई न्‍याय गर्नुहुन्‍छ। धर्मशास्‍त्र भन्‍छ, “दुष्‍ट मानिसलाई आफ्‍ना बीचबाट निकाल।”

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión