१ कोरिन्थी 4
4
प्रेरितहरू
1हामीलाई तिमीहरूले ख्रीष्टका दास अनि परमेश्वरको रहस्य खोल्ने सेवक सम्झिनुपर्छ। 2सेवकचाहिँ मालिकको विश्वासी हुनैपर्छ। 3मलाई तिमीहरूले वा अरू अदालतले दोषी ठहराए पनि त्यसको चिन्ता छैन न ता म आफ्नै न्याय-निसाफ गर्छु। 4आफ्नो दोष मलाई थाहा छैन, तर यसले म साँच्चै निर्दोषी छु भनेर देखाउँदैन। मलाई जाँच्ने त प्रभु नै हुनुहुन्छ। 5यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ।
6भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्लोस र आफ्नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन। 7कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्वरले नै दिनुभएको होइन र? त्यसो भए किन तिमी कसैले दिएकै होइनजस्तै गरी घमण्ड गर्छौ?
8चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्चै तिमीहरू राजा नै भएको राम्रो हुन्थ्यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्नेथियौं 9किनभने मलाई यस्तो लाग्छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्वरले सबैभन्दा तल्लो ठाउँमा राख्नुभएको छ। परमेश्वरले नै हामीलाई संसार, स्वर्गदूत र मानिसका अघि ज्यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो। 10ख्रीष्टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्छ, तिमीहरूको मान-मनितो। 11अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन 12#प्रेरित 18:3अनि खान-लाउन हामीले आफ्नै हातले मेहनत गर्छौं। अरूले सराप्दा हामी आशीर्वाद दिन्छौं। सताउँदा सहन्छौं। 13हाम्रो बेइज्जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्ने कसिङ्गरजस्तै छौं।
14तिमीहरूलाई लाजमा पार्न होइन, आफ्नै प्यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्लाह दिन यो लेख्दछु 15किनभने ख्रीष्टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु। 16#१ कोरिन्थी 11:1; फिलिप्पी 3:17त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु। 17यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्।
18तिमीहरूमा कोहीकोहीचाहिँ म त्यहाँ आउँदिनँ भन्ने सम्झी ठूलो भएर हिंड्छौ। 19परमेश्वरको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ठूलो भएर हिंड्नेहरूका कुरा होइन, तिनीहरूको शक्ति हेर्नेछु। 20परमेश्वरको राज्य बोलीमा होइन, शक्तिमा छ। 21तिमीहरू के चाहन्छौ? म छडी लिएर आऊँ कि नम्र आत्मा र प्रेम लिएर आऊँ?
Actualmente seleccionado:
१ कोरिन्थी 4: सरल नेपाली
Destacar
Compartir
Copiar
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.