प्रस्थान 38

38
होमबलिको वेदी
1बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट#38:1 लगभग लम्बाइ साढे 7 फिट, चौडाइ साढे 7 फिट अनि उचाइ साढे 4 फिट थियो। 2तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे। 3तिनले वेदीका सबै सरसामानहरू, भाँडाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँडाहरू काँसोका बनाए। 4तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो। 5डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे। 6बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे। 7तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए।
धुनको निम्ति बाटा
8तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए।
आँगन
9त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट#38:9 लगभग 150 फिट र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो। 10त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए। 11आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
12पश्‍चिमपट्टि पचास क्यूबिट#38:12 लगभग 75 फिट चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए। 13पूर्व वा सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा थियो। 14मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट#38:14 लगभग 22 फिट लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। 15आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। 16आँगनका चारैपट्टिका सबै पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका थिए। 17खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए।
18आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट#38:18 लगभग साढे 7 फिट उचाइ थियो। 19त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए। 20समागम पाल र चारैतिर आँगनका किलाहरू काँसाका थिए।
निर्माणका निम्ति सरसामानहरू
21मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो: 22(यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए। 23उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।) 24पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल#38:24 लगभग 1 मेट्रिक टन थियो।
25सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल#38:25 लगभग 3.4 मेट्रिक टन। थियो। 26बीस वर्ष र त्यसभन्दा बढी उमेर समूहका 6,03,550 पुरुषहरूमध्ये प्रत्येकबाट पवित्र वासस्थानको शेकेलको हिसाबले आधा सेकेल#38:26 लगभग 5.7 ग्राम थियो। 27100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट। 28तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।
29विशेष भेटीको रूपमा अर्पण गरिएका काँसोका भेटी 70 टालेन्ट र 2,400 सेकेल#38:29 लगभग 2.4 मेट्रिक टन। थियो। 30ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए। 31आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए।

Цяпер абрана:

प्रस्थान 38: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце