प्रस्थान 2

2
मोशाको जन्म र बाल्यावस्था
1लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे। 2अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। 3तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्। 4त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्।
5तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्। 6जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”
7तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”
8तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई। 9फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्। 10बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।
मोशा भागेर मिद्यान गएका
11मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे। 12तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए। 13अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?”
14तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”
15जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्‍न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे। 16मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे। 17तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए।
18जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?”
19तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।”
20उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।”
21त्यसपछि मोशा ती मानिससित बस्‍न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए। 22सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम#2:22 गेर्शोम मूल भाषामा यसको अर्थ हुन्छ प्रवासी राखे।
23समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्‍वरकहाँ पुग्यो। 24तब परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो। 25यसकारण परमेश्‍वरले इस्राएलीहरूमाथि दृष्‍टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।

Цяпер абрана:

प्रस्थान 2: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце