होशे 3
3
आफ्नी पत्नीसित होशेको पुनर्मिलन
1याहवेहले मलाई भन्नुभयो, “गएर तेरी पत्नी गोमेरलाई फेरि प्रेमभाव देखा; त्यसलाई अर्को मानिसले प्रेम गरेको भए तापनि वा त्यो व्यभिचारिणी भए तापनि त्यसलाई प्रेम गर्। जसरी तिनीहरू अरू देवताहरूतिर फर्किए, र तिनीहरूलाई चढाएको किसमिसको खानेकुरा मन पराए, तर पनि याहवेहले इस्राएलीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तैँले त्यसलाई प्रेम गर्।”
2यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल#3:2 लगभग 170 ग्राम चाँदी, एक र आधा होमेर#3:2 लगभग 195 किलो जौ दिएर किनेँ। 3तब मैले त्यसलाई भनेँ, “तिमी मसँग धेरै दिनसम्म बस्नुपर्नेछ; तिमीले वेश्यावृत्ति नगर्नू, र अरू मानिसहरूसँग घनिष्ठ सम्बन्ध नराख्नू; तब म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु।”
4किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्। 5त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्।
Trenutno izbrano:
होशे 3: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.