इजकिएल 48
48
देशको विभाजन
1“नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्:
“उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ।
2आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
3नप्तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
4मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्तालीको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
5एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
6रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
7यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
8“यहूदाको पूर्वदेखि पश्चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्चीस हजार क्यूबिट#48:8 लगभग 13 कि.मि. 9, 10, 13, 15, 20 र 21 चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ।
9“तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट#48:9 लगभग 5.3 कि.मि. 10, 13 र 18 चौडाइ हुनेछ। 10यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ, पश्चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ। 11यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्। 12देशको पवित्र भागबाट यो भाग तिनीहरूका निम्ति एक विशेष उपहार हुनेछ; एक महा-पवित्र भाग, जुन लेवीहरूको इलाकाको दक्षिणी सिमानामा जोडिएको एक विशेष भाग हुनेछ।
13“पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ। 14तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ।
15“बाँकी रहेको पाँच हजार क्यूबिट#48:15 लगभग 2.7 कि.मि. चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ। 16अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट,#48:16 लगभग 2.4 कि.मि. 30, 32, 33 र 34 दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्चिम भाग चार हजार पाँच सय क्यूबिट। 17सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट,#48:17 लगभग 135 मिटर दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्चिममा दुई सय पचास क्यूबिट हुनेछ। 18बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ। 19त्यस भागमा खेती गर्न आउने श्रमिकहरू सहरका इस्राएलका सबै कुलहरूबाट हुनेछन्। 20त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ।
21“पवित्र भाग र सहरको सम्पत्ति मिलेर बनिएको इलाकाका दुवै छेउमा बाँकी रहेको भागचाहिँ राजाको हुनेछ। यो पच्चीस हजार क्यूबिट पवित्र भागदेखि पूर्वतिर गएर पूर्व सिमानासम्म, र पश्चिमतिर पच्चीस हजार क्यूबिटदेखि पश्चिम सिमानासम्म जान्छ। कुलको भागहरूको लम्बाइतिर जाने यी दुवै भागहरू राजकुमारको हुनेछ; अनि मन्दिरको पवित्रस्थानको बीचमा तिनीहरूको पवित्र भाग हुनेछ। 22यसरी लेवीहरूको सम्पत्ति र सहरको सम्पत्ति राजकुमारको इलाकाको बीचमा पर्नेछ। राजकुमारको इलाका यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बीचमा हुनेछ।
23“बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ:
“बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्चिमी भागसम्म फैलिनेछ।
24शिमियोनको एक भाग हुनेछ; त्यसको भाग बेन्यामीनको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
25इस्साखारको एक भाग हुनेछ; त्यसको सिमाना शिमियोनको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
26जबूलूनको एउटा भाग हुनेछ; त्यसको सिमाना इस्साखारको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
27गादको एउटा भाग हुनेछ; त्यसको सिमाना जबूलूनको इलाकाको पूर्व भागदेखि पश्चिम भागसम्म हुनेछ।
28गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ।
29“यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
नयाँ सहरका मूलढोकाहरू
30“सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्:
“उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, 31सहरका मूलढोकाहरूका नाम इस्राएलका कुलहरूको नामअनुसार राखिनेछन्। उत्तर भागमा भएका तीन वटा मूलढोकाहरू, रूबेनको मूलढोका, यहूदाको मूलढोका र लेवीको मूलढोका हुनेछन्।
32पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका।
33दक्षिणपट्टिको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट नापको हुनेछ; सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: शिमियोनको मूलढोका, इस्साखारको मूलढोका र जबूलूनको मूलढोका।
34पश्चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्तालीको मूलढोका।
35“सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट#48:35 लगभग 9.5 कि.मि. हुनेछ।
“अनि त्यस समयदेखि उसो त्यस सहरको नाम यो हुनेछ: ‘याहवेह शम्मा।’ ”#48:35 मूल भाषामा याहवेह त्यहाँ हुनुहुन्छ।
Trenutno izbrano:
इजकिएल 48: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.