इजकिएल 42
42
पुजारीहरूका निम्ति कोठाहरू
1त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए। 2उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट#42:2 लगभग 175 फिट लामो र 88 फिट चौडा चौडा थियो। 3भित्री चोकदेखि बीस क्यूबिट#42:3 लगभग 35 फिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए। 4कोठाहरूको सामु दश क्यूबिट#42:4 लगभग 18 फिट चौडाइ र एक सय क्यूबिट#42:4 लगभग 175 फिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए। 5माथिल्ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए। 6माथिल्ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए। 7कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो। 8बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो। 9तल्ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो।
10मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको#42:10 मूल भाषामा पूर्वपट्टि भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए। 11तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै, 12दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्न सकिन्थ्यो।
13तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ। 14जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”
15जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे: 16तिनले नाप्ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट#42:16 लगभग 250 फिट; 17, 18 र 19 पदमा पनि थियो। 17तिनले उत्तरको भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 18तिनले दक्षिण भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 19तब तिनी पश्चिम भागपट्टि फर्केर त्यो नापे; नाप्ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो। 20यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।
Trenutno izbrano:
इजकिएल 42: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.