फिलिप्पी 4
4
उपदेशहरू
1मेरा प्यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्यारा छौ। म तिमीहरूलाई कति सम्झिरहन्छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो।
2इयोदिया र सुन्तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्ने मेरो बिन्ती छ। 3हे मेरो भरपर्दो सहकर्मी, यी स्वास्नी-मान्छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्लेमेससँग र अरू जीवनको पुस्तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे।
4प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ। 5तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। 6केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। 7परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
8आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ। 9मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्ति दिने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
भेटीको लागि धन्यवाद
10प्रभुमा म धेरै खुसी छु। धेरै समयपछि फेरि मेरो याद गर्ने मौका पायौ। यो भन्नुको मतलब मेरो याद गरेनौ भनेको होइन तर याद गर्ने मौका पाएका थिएनौ। 11म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्यसैमा सन्तोष मान्न मैले सिकेको छु। 12खाँचो पर्दा पनि र प्रसस्त हुँदा पनि कसरी जीवन चलाउने, म जान्दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्तुष्ट भएर जिउन सिकेको छु। 13म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु।
14तैपनि मलाई अप्ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्यौ। 15सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्र थियौ। त्यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ। 16#प्रेरित 17:1#२ कोरिन्थी 11:9थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ। 17मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्ने चाहेको हुँ। 18#प्रस्थान 29:18मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्त भएको छु। ती दानहरूचाहिँ परमेश्वरलाई मनपर्ने सुगन्धित र ग्रहणयोग्य बलिदान हुन्। 19मेरा परमेश्वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्ट येशूमा भएको उहाँको असीम धन सम्पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। 20हाम्रा पिता परमेश्वरको सदासर्वदा जय-जयकार होइरहोस्!
आमेन।
बिदाइका कुरा
21ख्रीष्ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। 22ख्रीष्ट येशूका सबै पवित्र जनहरूले अनि मुख्य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्। 23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
Trenutno izbrano:
फिलिप्पी 4: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.